मुर्रा ल्याउन कृषि मन्त्रालयले भारत पठायो प्राविधिक टोलीको नाम
शुक्रबार, ०८ असार २०८०, २० : २८

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुर्रा जातको राँगो ल्याउन प्राविधिक टोलीको नाम भारत पठाएको छ ।
पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेको नेतृत्वमा चार सदस्यीय टोलीको नाम भारत पठाइएको स्रोतले जनाएको छ ।
नाम पठाएको एक साता भइसक्दा पनि भारतले जवाफ भने पठाइसकेको छैन । विभागको एक पदाधिकारीका अनुसार भारत नाम पठाएको एक साताभन्दा बढी भइसकेको छ । तर हालसम्म जवाफ नआएको हो । जवाफ आएपछि टोली भारत जानेछ ।
भारतले १५ वटा राँगा दिने सहमति गरेको छ । त्यही राँगाको प्राविधिक जाँचका लागि जान टोलीको नाम पठाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी