मुर्रा ल्याउन कृषि मन्त्रालयले भारत पठायो प्राविधिक टोलीको नाम
शुक्रबार, ०८ असार २०८०, २० : २८
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुर्रा जातको राँगो ल्याउन प्राविधिक टोलीको नाम भारत पठाएको छ ।
पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेको नेतृत्वमा चार सदस्यीय टोलीको नाम भारत पठाइएको स्रोतले जनाएको छ ।
नाम पठाएको एक साता भइसक्दा पनि भारतले जवाफ भने पठाइसकेको छैन । विभागको एक पदाधिकारीका अनुसार भारत नाम पठाएको एक साताभन्दा बढी भइसकेको छ । तर हालसम्म जवाफ नआएको हो । जवाफ आएपछि टोली भारत जानेछ ।
भारतले १५ वटा राँगा दिने सहमति गरेको छ । त्यही राँगाको प्राविधिक जाँचका लागि जान टोलीको नाम पठाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण