जनकपुर यातायात कार्यालयबाट दुई जना बिचौलिया पक्राउ
शुक्रबार, ०८ असार २०८०, २१ : ४०
जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई जना बिचौलिया पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका ३ का २० वर्षी अक्षय कुमार यादव र जनकपुरधाम उप–महानगरपालिका ११ का २७ वर्षीय प्रविण झालाई रहेका छन् ।
उनीहरुलाई शुक्रबार जनकपुर यातायात कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले काम छिटो गरिदिन्छु भन्दै आर्थिक लाभ लिने गरेको पाइएको छ ।
सेवाग्राहीसँग आर्थिक लाभको बार्गेनिङ गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण