सर्वोच्चको गेटअगाडि प्रदर्शन गर्न खोजेपछि आरती रावल र बिनु यादव पक्राउ
काठमाडौँ । सर्वोच्चको अदालतको गेटअगाडि प्रदर्शन गर्न खोजेपछि आरती रावल र बिनु यादव पक्राउ परेका छन् । सेतो साडी लगाएर सर्वोच्चअगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आफ्ना पति न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारको कसुरमा कारवाहीको माग गर्दै रावल बिनु यादवको साथमा सर्वोच्च अदालतअगाडि पुगेकी थिइन् । त्यहाँ प्रदर्शन गर्नै लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई उनीहरुलाई प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ ।
न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको कसुरमा मुद्दा दर्ता भएलगत्तै उनी निलम्बनमा परेका थिए । काठमाडौं र रुपन्देही जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा विचाराधीन रहेकै अवस्थामा अदालतलाई दबाव दिने उद्धेश्यले उनीहरुले प्रदर्शन गर्न खोजेका थिए । न्यायाधीश गिरी यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । सामान्यतः वैवाहिक बलात्कारको मुद्दामा थुनामा नराखी धरौटीमा रिहा गर्ने गरिन्छ । तर गिरीलाई थुनामै राख्नुपर्ने र दोषी ठहर गर्नुपर्ने भन्दै रावल अदालतलाई प्रभावित बनाउन प्रदर्शनमा उत्रिएकी हुन् ।
आरती रावलविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा चोरी तथा बाँके जिल्ला अदालतमा सरकारी कागजात कीर्ते र सम्बन्धविच्छेदको मुद्दासमेत विचाराधीन अवस्थामा रहेका छन् । निलम्बित न्यायाधीश गिरीले आफूलाई दबावमा राखी जबरजस्ती विवाह गर्न बाध्य पारिएको र अहिले पनि पटकपटक ब्ल्याकमेल र मानसिक यातना दिएको दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण