अनलाइन जुवा खेलाउने श्रीमान्–श्रीमतीसहित चारजना पक्राउ
काठमाडौँ । काठमाडौँमा बसेर अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका घर भई कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, २५ वर्षीय चौधरी तथा काठमाडौँको ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र उनकी श्रीमती आशा गुरुङ रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई गोप्य सूचनाको आधारमा आइतबार राति पक्राउ गरेको हो । उनीहरूले अनलाइन ग्याम्ब्लिङ र अनलाइन क्यासिनो खेलहरूमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टाबाजी गराई खेल्न लगाउने गरेको प्रहरीले जनाएको छ ।
सूचना अधिकारी तथा प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरूले मारिया स्वीप र मारिया सन नामको दुईवटा फेसबुक आईडी खोलेका थिए । उनीहरूले मेसेन्जरमार्फत पान्डा मास्टर, अल्ट्रा मोन्सटर, भीपावर, फायर किरेन, ओरियन स्टार्स, ट्वाइलाइट जुवा, द भल्ट, मिल्के वे जस्ता अनलाइन ग्याम्ब्लिङ प्लाटफर्म प्रयोग गरी अनइलान क्यासिनो खेलहरूमा अनलाइनमार्फत रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेका थिए ।
उनीहरूले ती फेसबुक एकाउन्टहरू दैनिक ८ घण्टाको दरले चलाउने गरेको पाइएको छ । त्यस्तै, प्रहरीले उनीहरूले आर्थिक लाभको कुराकानी गरेको विवरणसमेत फेला पारेको रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण