किसानका गुनासो सुन्न मन्त्रालयमै गुनासो कक्षको स्थापना
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रालयगत समस्या सुन्न गुनासो व्यवस्थापन कक्षको सुरुवात गरेको छ । मानो रोपेर मुरी फलाउने सिजन सुरु भएकाले किसानलाई रासायनिक मल र अन्य कुनै पनि कृषि समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यले मन्त्रालयमै गुनासो कक्षको व्यवस्थापन गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले मंगलबार कक्षको सुरुवात गर्दै देशभरका किसानले राखेका समस्याको अब सिधै सुनुवाइ हुने बताए ।
सरकारले रासायनिक मल प्रशस्त रहेको बताए पनि देशभरका किसानले नपाएको गुनासो गरिरहेका छन् । त्यही खाली ठाउँ पुर्न र रासायनिक मल अभावको समस्यालाई समाधान गर्न गुनासो शाखा खोलिएको हो ।
मन्त्री भुसालले जिल्ला जिल्लाका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ शाखामा मौज्दात रहेको मलको विवरणसमेत सार्वजनिक गर्दै सोही अनुसार नभएको पाइए तुरुन्त गुनासो शाखामा फोन गर्न किसान र सरोकारवालालाई आग्रह गरे ।
किसानको गुनासो अनुसार मल नपाइएको खण्डमा तत् जिल्लाका शाखा, बदमासी गर्ने व्यक्ति या सहकारी जोकोहीलाई पनि कारबाही हुने मन्त्री भुसालको भनाई छ । मन्त्री भुसालले कुनै पनि समस्या भएका गुनासो शाखामा राखेर अधिकतम फाइदा लिन समेत किसानलाई अनुरोध गरे ।
दिइएका नम्बरमा फोन गर्दा ७७ जिल्लाका समस्या समाधान हुने उनको भनाई छ । त्यसको लागि पैसा नलाग्ने (टोल फ्री नम्बर) १६६००१७७७७९ र ०१–४२११४४६ नम्बरको व्यवस्था गरिएको छ । यस्तै [email protected] इमेल, gunaso.molad नामको फेसबुक र @hello_molad नामको ट्विटरमा पनि मन्त्रालयगत समस्या राख्न सकिने प्रबन्ध मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण