दाइजोको निहुँमा ‘लफडा’ गरेपछि दुलाहा पक्राउ
मङ्गलबार, १२ असार २०८०, २१ : ४२
काठमाडौँ । काठमाडौँको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित विवाह कार्यक्रममा ‘लफडा’ गरेपछि प्रहरीले दुलाहालाई नियन्त्रणमा लिएको छ ।
दाइजोको निहुँमा विवाद गरेर ५० लाख मागेको आरोपमा सुनसरी घर भएर ताहाचल बस्ने अनुराग रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।
३२ वर्षीय रौनियार अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् । बेहुली पक्षले दिएको २२ लाख दाइजो अपुग भएको र जन्तीलाई राम्रो मेजमानी नभएको भन्दै रौनियार पक्षले ‘विवाद’ गरेका हुन् ।
दाइजो लिन नपाउने कसुरमा उनीविरुद्ध ५ दिनको म्याद लिएर प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण