वीरेन्द्रनगरको एक होटलबाट लागुऔषध कारोबारी पक्राउ
बुधबार, १३ असार २०८०, १९ : ५८
सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको एक होटलबाट लागुऔषध कारोबारी पक्राउ परेका छन् । वीरेन्द्रनगरमा रहेको आचार्य चिया–नास्ता पसलबाट एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबार प्रहरीले लागूऔषधसहित वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलि बस्ने २५ वर्षीय देबु भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
उक्त होटेलमा लागूऔषध कारोबार भइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले छापा हानेको थियो । चेकजाँचका क्रममा भण्डारीको साथमा लागुऔषध भेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण