रौतहटमा उपचारको क्रममा २ वर्षीय बालकको मृत्यु, स्वास्थ्यकर्मी पक्राउ
काठमाडौँ । रौतहटको गरुडा नगरपालिकामा क्लिनिकमा उपचार गर्न लैजाँदा २ वर्षीय बालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–९ स्थित गमहरियामा संचालित ‘ओम क्लिनिक’मा उपचारको क्रममा सचिन पटेलको मृत्यु भएको हो ।
देवाहीगोनाही नगरपालिका–४ घर भएका शिवशंकर पटेलका छोरा सचिनलाई ज्वरो आएपछि परिवारले ‘ओम क्लिनिक’मा लगेका हुन् । क्लिनिक सञ्चालक गणेश सहनीले बालकलाई सिरिन्ज लगाई दिएका थिए । ‘एकछिनमा ठिक हुन्छ’ भनेर सहनीले भनेपनि बालकको स्वास्थ्य अवस्था झन् बिग्रिएसँगै परिवारले उनलाई अनामिका अस्पतालमा लाँदै थिए । अनामिकामा पुग्नासाथ चिकित्सकले बालकलाई मृत घोषण गरे ।
‘ओम क्लिनिक’का संचालकले सिरिन्ज लगाएका कारण बालकको मृत्यु भएको परिवारको आरोप छ । अनुसन्धानका लागी क्लिनिक सञ्चालक गणेश सहनीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।
डिएसपी खनालले भने,‘बालकको शव पोष्टमार्टमा गर्न प्रादेशिक अस्पतालमा पठाएका छौं, आवश्यक अनुसन्धान हुँदै छ ।’
स्थानीय स्तरमा चिकित्सक भनेर चिनिएका गणेश चिकित्सक होइनन् । उनले कस्तो सिरिन्ज लगाएका हुन् भन्नेबारे प्रहरीले चिकित्सकको सहयोगमा अनुसन्धान गरिरहेको छ । सहनिले आफ्नै घरमा क्लिनिक सञ्चालन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण