लागुऔषध कारोबार गरेको आरोपमा २ जना विदेशीसहित १० पक्राउ
काठमाडौँ । लागुऔषध ओसार–पसार गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना विदेशी छन् । ४१ वर्षीय माल्दोभियन नागरिक डेनिस फुकेरेभीलाई ८ किलो ७४० ग्राम चरेशसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता (एसपी) चक्रराज जोशीले रातोपाटीलाई बताए । माल्दोभियन नागरिक असार ३१ मा टर्किस एयरको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वीजरल्याण्ड जाँदै थिए ।
गणतन्त्र यमनका नागरिक मोहम्मद याह्य अब्दो मोहम्मद २१ केजी १६० ग्राम लागुऔषध खातसहित पक्राउ परेका छन् । ब्यूरोले झापाबाट भानुभक्त लिङ्देन, रुपन्देहीबाट कमामुद्दिन मुसलमान, वीरगञ्जबाट अनिल सिंह, सिराहबाट विवेक ठाकुर र सत्यानारायण कारकलाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्जबाट रन्जन खान र चादे राई पक्राउ परेका छन् । रन्जन र चादेको साथबाट प्रहरीले २० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

सिरहाबाट पक्राउ गरिएका २० वर्षीय विवेक ठाकुर र सत्यनारायणको साथबाट ६२ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । प्रहरीले वीरगञ्जबाट पक्राउ परेका २० वर्षीय अनिल सिंहको साथबाट १४ सय ७० थान नाइट्रोभेट ट्याब्लेट बरामद गरेको छ । झापाको शिवसताक्षी नगरपालिका घर भएका ४५ वर्षीय भानुभक्त लिङ्देनको साथबाट ३२ ग्राम र नाइट्रोभेट ट्याब्लेट ९ थान बरामद गरिएको एसपी जोशीले जानकारी दिए । ३५ वर्षीय कमामुद्दिनको साथबाट नाइट्राभेट, स्पास्मो २ सय क्याप्सुल र कोरेक्स २ लिटर बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण