बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महिला जासुस : सर्वाधिक महँगो नायिकाले भित्री वस्त्रमा लुकाउँथिन् गोप्य नोट ; ५० हजार व्यक्तिको मृत्युका लागि जिम्मेवार थिइन् माताहारी

आइतबार, १७ असार २०८०, १५ : ५३
आइतबार, १७ असार २०८०

रुस र युक्रेनको युद्धको बीचमा दुवै देशले एक अर्कामाथि जासुसीको आरोप लगाउँदै आएका छन् । वर्ष दिनदेखि चलिरहेको यो युद्धमा दुवै देशले यस्ता धेरै महिलालाई गिरफ्तार गरे, जसमाथि जासुस भएका आरोप लागेको थियो ।

रुस–युक्रेनको युद्धमा महिला जासुसको भूमिकाले दोस्रो विश्वयुद्धको एक सुन्दर जासुसको सम्झना गराएको छ । यी महिला जासुस हुन् भनेर कसैले थाहा पाउन सकेनन् । उनी युरोपकै सबैभन्दा महँगो डान्सर जोसेफिन बेकर थिइन् । बेकरले फ्रान्सका लागि जासुसी गरेकी थिइन् । आफ्नो सुन्दरता र शैलीले शत्रु देशका ठुला अधिकारी र नेताहरूलाई विश्वासमा लिएकी थिइन् ।

फिल्म अभिनेत्री र डान्सरबाट जासुस बनेकी बेकरका कारण नै दोस्रो विश्वयुद्धमा फ्रान्स र छिमेकी मुलुकले धेरै मद्दत पाएको थियो ।

josephineसङ्गीतको पानामा लेख्थिन् जासुसी नोट, कपडामा लुकाएर यात्रा

दोस्रो विश्वयुद्ध अघि, जोसेफिन बेकरले एक फिल्म अभिनेत्री र नर्तकको रूपमा आफ्नो नाम कमाइसकेकी थिइन् । उनी त्यति बेला युरोपमा सबैभन्दा धेरै कमाउने मनोरञ्जनकर्ता थिइन् ।

पेरिसमा उनको शो हेर्न ठुला–ठुला व्यक्तित्व आउने गर्दथे । त्यसै कारण सत्तामा पनि जोसेफिनको राम्रो हस्तक्षेप थियो । विशेष कुरा यो थियो कि जोसेफिन अश्वेत थिइन् । जबकि त्यस युगका युरोपेली देशहरूमा अश्वेतले खासै ठुलो भूमिका पाएनन् ।

युद्ध सुरु भएको केही दिनपछि जर्मनीले पेरिस कब्जा गर्‍यो । यस्तो अवस्थामा जोसेफिनले आफ्नो शोको आडमा फ्रान्सका लागि जासुसी गर्न सुरु गरिन् ।

जोसेफिनले जासुसीको आवश्यक दस्ताबेज सङ्गीतको पानामा लेख्थिन् । जसका कारण जर्मन सैनिकलाई उनीमाथि शङ्का हुँदैनथ्यो । यसबाहेक उनले विशेष रूपमा बनेको आफ्नो अन्डरगार्मेन्ट्समा पनि आवश्यक कागजात लुकाउन सुरु गरिन् । 

उनको प्रसिद्धिका कारण उनको धेरै तलासी पनि हुँदैनथ्यो । यसै कारण जोसेफिनले निकै सजिलै फ्रान्सका लागि जासुसी गरिरहिन् । 

josephine1अमेरिकामा अपमान सहनुपर्याे

जोसेफिनको जन्म सन् १९०६ मा अमेरिकामा भएको थियो । उनी जन्मिएको केही दिनपछि उनका बुबाको मृत्यु भयो । गरिबीका कारण जोसेफिनले आफ्नो पढाइ पनि पूरा गर्न सकिनन् । उनको १३ वर्षको उमेरमा विवाह गरियो ।

यस अवधिमा जोसेफिनले स्टेज प्रदर्शन सुरु गरिन् । तर त्यसबेला अमेरिकामा अश्वेत विरुद्ध धेरै प्रकारका नियमहरू लागू थिए । स्टेज परफर्मेन्समा उनले श्वेतको धेरै कुरा सुन्नुपर्दथ्यो । उनलाई अफ्रिकीको जङ्गलमा फर्किन भनिन्थ्यो ।

अपमान र गालीबाट आजित जोसेफिनले अमेरिका छोडिन् । उनी फ्रान्स गइन् । कला प्रेमी सहर पेरिसले मन खोलेर उनको स्वागत गर्‍यो र जोसेफिन केही दिनमा नै यहाँको ठुलो स्टार बनिन् । फिचर फिल्ममा काम गर्ने उनी पहिलो अश्वेत अभिनेत्री थिइन् । 

यद्यपि, पछि अमेरिका र फ्रान्स दुवै देशमा जोसेफिनलाई प्रतिष्ठित पुरस्कारले सम्मानित गरियो । 

josephine-bakerयुद्ध सुरु हुने बित्तिकै फ्रान्सलाई नुनको ऋण तिरिन्

सुरुमा पेरिसमा नै उनलाई शङ्काको नजरले हेरियो । तर दोस्रो विश्वयुद्ध सुरु भएपछि जोसेफिनले फ्रान्सका लागि आफ्नो देशभक्ति देखाइन् । फ्रान्सेली सेनाका लागि जासुसी गर्दै जोसेफिन दुस्मन देशको दूतावासको पार्टीमा समावेश हुन्थिन् । उनी अधिकारीसँग निकै सजिलै गोप्य कुरा फुस्काउँथिन् र त्यसलाई सङ्गीतको पानामा लेखेर फ्रान्सेली सेनालाई दिन्थिन् ।

पेरिसमा नाजीको कब्जापछि उनले थुप्रै देशको यात्राको आवश्यक जानकारी जुटाइन् । यो जानकारी छिमेकी देशलाइ निकै काम लाग्यो ।

रुस–युक्रेन युद्ध र त्यस अघि पनि महिला जासुसको कमी छैन । आफ्नो सुन्दरतालाई ढाल बनाएर खतरनाक मिसन पूरा गर्ने यस्ता थुप्रै महिला जासुस छन् ।

५० हजार मृत्युका लागि जिम्मेवार जासुस माता हारी

पहिलो विश्वयुद्धमा माता हारी नामकी महिला जासुस फ्रान्सका लागि जासुसी गर्थिन् । जासुसीको दुनियाँमा आउनु अघि माता हारी डान्सरको रूपमा आफ्नो करियर बनाइसकेकी थिइन् । 

तर पैसाको लोभमा माता हारीले दुस्मन देश जर्मनका लागि पनि जासुसी सुरु गरिन् । तर पछि उनको पोल खुल्यो । सन् १९१७ मा उनलाई होटेलबाट पक्राउ गरियो । त्यसपछि उनलाई ५० हजार मानिसको मृत्युको लागि जिम्मेवार बताइयो र १५ सेप्टेम्बर १९१७ मा गोली हानेर हत्या गरियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप