काठमाडौँमै नक्कली नोटको कारोबार
आइतबार, १७ असार २०८०, २० : ४७
काठमाडौँ । काठमाडौँ उपत्यकामा नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले असार १५ गते ललितपुरको इमाडोलबाट मकवानपुर घर भएका ४२ वर्षीय प्रशान्त भन्ने पासाङ भोम्जनलाई पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले भोम्जनको साथबाट ५ सय दरका १६० थान गरी जम्मा ८० हजार बराबरको नक्कली नोटहरू बरामद गरेको थियो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण