मौरिससमा लाख कमाउने जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
आइतबार, १७ असार २०८०, २० : ५३
काठमाडौँ । मौरिससमा आकर्षक तलबसहित वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भई हाल काठमाडौँको वनस्थली बस्ने ४४ वर्षीय भविन्द्र नाथ लामा रहेका छन् ।
लामाले यमबहादुर नेपाललाई वैदेशिक रोजगारीमा मौरिसस पठाइदिन्छु, त्यहाँ पुगेपछि मासिक एक लाख तलब हुने गार्मेन्टमा जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाएर पीडितबाट ४ लाख ५० हजार रुपैयाँ रकम लिएर सम्पर्कविहीन बनेका थिए ।
लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत असार १५ गते वनस्थलीको ढुंगेधाराबाट पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण