चिनियाँ अर्बपती ज्याक मा सुटुक्क पुगे पाकिस्तान
लाहोर । चिनियाँ अर्बपति तथा अलिबाबा समूहका सह संस्थापक ज्याक माले आफ्नो अप्रत्याशित पाकिस्तान भ्रमणले सबैलाई चकित पारिदिएका छन् ।
उनी चुपचाप पाकिस्तान पुगेका थिए र दूतावासलाई पनि कुनै जानकारी दिएनन् । मिडिया रिपोर्टका अनुसार बोर्ड अफ इन्भेस्टमेन्ट (बीओआई) का पूर्व अध्यक्ष मुहम्मद अजफर अहसानले भ्रमणको पुष्टि गर्दै ज्याक मा २९ जुनमा लाहोर पुगे र २३ घण्टा बसेको बताए ।
ज्याक माले भर्खरै आफ्नो काठमाडौं, नेपाल भ्रमण पूरा गरे । सो क्रममा उनले ठमेल, भक्तपुर दरबार स्क्वायर, कालीमाटी तरकारी बजारलगायतका ठाउँको भ्रमण गरेका थिए ।
पूर्व राज्यमन्त्री र लगानी बोर्ड (बीओआई) का अध्यक्ष मुहम्मद अजफर अहसानले ट्वीटमा ज्याक मा व्यक्तिगत भ्रमणमा लाहोरमा भएको खुलासा गर्दै थपे कि चिनियाँ दूतावासलाई पनि उनको पाकिस्तान भ्रमण र घटनाहरूको विवरणबारे जानकारी छैन।
उनीसँगै एक अमेरिकी र पाँच चिनियाँ नागरिकसहित सात जनाको समूह पाकिस्तान आइपुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण