मकाउ पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ
बुधबार, २० असार २०८०, १८ : ४९
काठमाडौँ । मकाउ पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाका गण्डकी गाउँपालिका घर भएर ललितपुर बस्ने दुर्गाबहादुर रेग्मी छन् ।
५१ वर्षीय रेग्मीलाई काठमाडौँ महानगरपालिका–१४ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
ललितपुरको गोदावरी बस्ने रेग्मीले जित बहादुर थापा मगरलाई ‘मकाउ पठाउँछु’ भनेर ६ लाख ६० हजार ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मकाउमा प्रतिष्ठित होटलमा ‘क्लिनरको काम लगाइदिन्छु’ भनेर आरोपित रकम लिएर सम्पर्क विहीन भएका हुन् ।
आरोपीतलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण