शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

बुधबार, २० असार २०८०, २१ : ३५
बुधबार, २० असार २०८०

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सडकभन्दा एक सय मिटर माथिबाट सुक्खा पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । 

साँझ ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

राजमार्ग खुलाउनका लागि चिनियाँ कम्पनी, स्थानीय पालिका तथा अन्य मानिसको समेत सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको छ । तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक बाटो दमौली भोर्लेटारचोकबाट कलेस्ती हुँदै पोल्याङका लागि डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । 

पहिरो स्थलमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीसमेतको विपद् व्यवस्थापन प्रहरी टोली र इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी परिचालन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप