न्युयोर्कमा राजेश हमालको प्रस्तुति
काठमाडौंँ । अभिनेता राजेश हमालको पछिल्लो समय फिल्म भन्दा बढी स्टेज कार्यक्रममा सक्रिय छन् । एक महिना अगाडि कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका हमाल त्यहाँका बिभिन्न कार्यक्रममा सहभागी भैरहेका छन् ।
यस्तैमा शुक्रबार (जुलाई ७ मा) न्युयोर्कमा आयोजना हुन लागेको ‘अ नाइट अफ नेपाली स्टार्स’ नामक कार्यक्रममा समेत उनले विशेष प्रस्तुति दिने भएका छन् । ८ सय सिट क्षमताको म्याजिस्टिक हलमा साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रममा राजेश हमालसँगै हाँस्य कलाकार विल्सन विक्रम राई र गायक सुगम पोखरेलको प्रस्तुति तय भएको छ ।
कार्यक्रमको सञ्चालन अभिनेता आशिफ शाहले गर्ने स्थानीय आयोजक रेशमजंग शाहले जानकारी दिए । कार्यक्रममा ६ सय बढी नेपाली दर्शकको उपस्थिति रहने विश्वास गरिएको छ । कार्यक्रममा नेपाली मुलका डिजे र स्थानीय कलाकारको समेत प्रस्तुति रहने छ ।
सो कार्यक्रमको आयोजक रेबेल इभेन्ट्स, बुद्द ट्याक्स, रुपान्तरण मिडिया र नमस्ते ग्रुप हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण