न्युयोर्कमा राजेश हमालको प्रस्तुति

काठमाडौंँ । अभिनेता राजेश हमालको पछिल्लो समय फिल्म भन्दा बढी स्टेज कार्यक्रममा सक्रिय छन् । एक महिना अगाडि कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका हमाल त्यहाँका बिभिन्न कार्यक्रममा सहभागी भैरहेका छन् ।
यस्तैमा शुक्रबार (जुलाई ७ मा) न्युयोर्कमा आयोजना हुन लागेको ‘अ नाइट अफ नेपाली स्टार्स’ नामक कार्यक्रममा समेत उनले विशेष प्रस्तुति दिने भएका छन् । ८ सय सिट क्षमताको म्याजिस्टिक हलमा साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रममा राजेश हमालसँगै हाँस्य कलाकार विल्सन विक्रम राई र गायक सुगम पोखरेलको प्रस्तुति तय भएको छ ।
कार्यक्रमको सञ्चालन अभिनेता आशिफ शाहले गर्ने स्थानीय आयोजक रेशमजंग शाहले जानकारी दिए । कार्यक्रममा ६ सय बढी नेपाली दर्शकको उपस्थिति रहने विश्वास गरिएको छ । कार्यक्रममा नेपाली मुलका डिजे र स्थानीय कलाकारको समेत प्रस्तुति रहने छ ।
सो कार्यक्रमको आयोजक रेबेल इभेन्ट्स, बुद्द ट्याक्स, रुपान्तरण मिडिया र नमस्ते ग्रुप हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह