धनगढीमा भेटिए डेङ्गु संक्रमित
शुक्रबार, २२ असार २०८०, १९ : ००
धनगढी । धनगढीमा डेङ्गुको बिरामी फेला परेका छन् । धनगढी उपमहानगरको वडा नम्बर–९ गौरीकटानमा डेङ्गुका बिरामी फेला परेका हुन् ।
गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए ।
बिहीबार बिरामी भएर अस्पताल आएका किशोरको रगत परीक्षण गर्दा डेङ्गु पुष्टि भएको हो । बिरामीको अहिले उपचार भइरहेको छ। अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ ।
सफा पानीमा हुर्कने प्रजातिको लामखुट्टेले टोक्दा डेङ्गु संक्रमण हुन्छ। डेङ्गुबाट बच्न र बचाउन घर वरिपरि सफा पानी जम्न नदिने र दिनको समयमा लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण