तेस्रो टेस्टमा इंग्ल्याण्डको रोमाञ्चक जीत
आइतबार, २४ असार २०८०, २१ : ३२
हेडिङ्ले । एसेज टेस्ट शृङ्खलाको तेस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको छ । जीतसँगै इंग्ल्याण्डले शृङ्खला २–१ को स्थितिमा ल्याउन सफल भएको छ ।
अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ५१ रनका लक्ष्य इंग्ल्याण्डले ५० ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको थियो । मिचेल स्टार्कले ५ विकेट लिँदै इंग्ल्याण्डलाई दबाबमा राखे पनि ह्यारी ब्रुकको ७५ तथा क्रिस वोक्सको नटआउट रहँदै ३२ रनको मद्दतले टोलीले सहजै लक्ष्य भेट्यायो । बेन डकेटले २३ तथा जो रुटले २१ रनको योगदान दिए ।
यसअघि अस्ट्रेलियाले पहिलो पालीमा २ सय ६३ रन बनाएको थियो भने दोस्रो पालीमा भने २ सय २४ रनमा सीमित बनेको थियो । इंग्ल्याण्डले भने पहिलो पालीमा २ सय ३७ रन बनाएको थियो । खेलमा कूल ७ विकेट लिएका मार्क वुड प्लेयर अफ द म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण