स्विडेनलाई नेटोमा समावेश गर्न टर्की सहमत
स्विडेनलाई नेटोमा समावेश गर्न टर्की सहमत भएको छ । नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले स्विडेनलाई यस सैन्य गठबन्धनमा समावेश गर्न सहमत भएको बताएका छन् ।
उनले अर्दोआनले टर्कीको संसद्मा स्विडेनको प्रस्ताव ल्याउने र ‘समर्थन सुनिश्चित गर्ने’ बताए । यसैबीच स्विडेनका प्रधानमन्त्री अल्फ क्रिस्टर्सनले भने, ‘म धेरै खुसी छु, आज स्विडेनका लागि ठुलो दिन हो ।’
स्विडेनले कुर्दिश लडाकुलाई शरण दिएको आरोप लगाउँदै टर्कीले केही महिनासम्म उनको आवेदन रोकेको थियो ।
नेटोका ३१ सदस्य मध्येको एकको रूपमा, टर्कीसँग कुनै पनि नयाँ देशलाई गठबन्धनमा सामेल हुनबाट रोक्नका लागि भिटो शक्ति छ ।
यस समाचारमा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति अर्दोआनको तर्फबाट छिटो समर्थन जुटाएर अघि बढ्ने प्रतिबद्धताको स्वागत गरेको बताएका छन् ।
ह्वाइट हाउसको तर्फबाट जारी बयानमा भनिएको छ, ‘म युरो–अटलान्टिक क्षेत्रमा रक्षा बढाउनेमा राष्ट्रपति अर्दोआन र टर्कीसँग काम गर्नका लागि तयार छु । म प्रधानमन्त्री क्रिस्टरसन र नेटोको ३२ औँ सहयोगीको रूपमा स्वागत गर्नका लागि उत्सुक छु ।’
यस्तै, जर्मन विदेश मन्त्री ऐनालेन बेयरबाकले ट्विट गरे, ‘३२ मा हामी सबै एकैसाथ थप सुरक्षित छौँ ।’
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले स्विडेन समावेश हुँदा आफूहरू थप सुरक्षित हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण