पञ्जाबका १४ जिल्ला बाढीको चपेटामा, २२ हजारभन्दा बढी मानिस घरबार छाड्न बाध्य
चण्डीगढ । पञ्जाबमा भारी वर्षा र बाढीका कारण हालसम्म २२ हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ । सरकार र प्रशासनले ती मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याएको छ। सरकारका अनुसार हालसम्म १४ जिल्लाका ११ सय ७९ गाउँ बाढीबाट प्रभावित भएका छन् । हाल, बाढीको प्रकोपको सामना गर्ने १४ जिल्लाहरूमा पटियाला, जालन्धर, कपुरथला, पठानकोट, तरनतारन, फिरोजपुर, फतेहगढ साहिब, फरीदकोट, होशियारपुर, रूपनगर, मोगा, लुधियाना, मोहाली र संगरूर समावेश छन् ।
अर्कोतर्फ मुख्यमन्त्री भगवन्त मानसहित धेरै मन्त्रीहरूले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । विपद् व्यवस्थापन मन्त्री ब्रमशंकर जिम्पाले मोहाली जिल्लाका करिब एक दर्जन बाढी प्रभावित क्षेत्रको भ्रमण गर्दा जलस्रोत मन्त्री गुरमीत सिंह मीत हेयरले पनि डेराबस्सी क्षेत्रको बाढीको अवस्थाबारे जानकारी लिएका थिए । प्रदेश सरकारका प्रवक्ताका अनुसार बाढी प्रभावित २ हजार ७६४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । केही क्षेत्रमा बाढीको स्थितिमा सुधार आएपछि राहत शिविरको संख्या १८३ बाट घटाएर १६१ पुगेको छ । जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य विभागले र्यापिड रेस्पोन्स टोलीको संख्या ३१५ बाट ४०९ पुर्याएको छ भने मेडिकल शिविरको संख्या पनि १८६ बाट २५२ पुगेको छ ।
बाढी प्रभावित क्षेत्रमा १ हजार ७ सय ३० जनावरको उपचार र ७ हजार २ सय ५५ जनावरलाई खोप लगाइएको पशुपालन विभागले जनाएको छ । यसबाहेक, अधिकांश जिल्लाहरूले आफ्नो एचएस खोप अभियान सम्पन्न भएको छ । राहत कार्यमा खटिएका टोलीले विपन्न जनावरलाई उपचार, दाना आपूर्ति र घाँस आदि उपलब्ध गराउन अहोरात्र खटिरहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा खाद्यान्नका प्याकेटहरू निरन्तर वितरण भइरहेका छन् । हालसम्म पटियाला (३७ हजार) र रुपनगरमा (१८९३०) गरी ५७ हजारभन्दा बढी खानाका प्याकेट वितरण भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण