आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथरमा ट्रक दुर्घटना, एकको मृत्यु, दुई गम्भीर घाइते

आइतबार, ३१ असार २०८०, २२ : ०२
आइतबार, ३१ असार २०८०

मिक्लाजुङ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा आज साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङ रहेका छन् ।

घाइते हुनेहरूमा चालक हिलिहाङ गापा–७ बस्ने ४५ वर्षीय ज्ञानु भन्ने पारसमणि थापा र सोही स्थान बस्ने ३१ वर्षीय जीवन गदाइली रहेका छन् । उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवश कुँवरले जानकारी दिए । 

फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको ना२ख ९२१५ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप