एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई, नेम्वाङ दलको नेता
बुधबार, ०३ साउन २०८०, ०९ : २४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । साथै पार्टी संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन् ।
आफू कम्बोडिया जाने भएपछि उनले पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी क्रमशः पोखरेल र नेम्वाङलाई दिएका हुन् ।
ओली गए राति नै कम्बोडिया प्रस्थान गरेका छन् । उनी त्यहाँ हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन् । ओली साउन ८ गते स्वदेश फर्किने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण