शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो छ भिभो वाई३६ स्मार्टफोन ?

आइतबार, ०७ साउन २०८०, ११ : ४९
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । भिभोको वाई सिरिजको नयाँ स्मार्टफोन वाई३६ नेपाली बजारमा उपलब्ध छ । भिभो वाई३६ को फेन्टासी फ्रेमले वास्तविक तस्वीर र जीवन्त स्पर्श प्रदान गर्ने कम्पनीले जनाएको छ । 

यसले प्रयोगकर्ताहरूलाई नवीन फ्रेमको स्मुद शतह प्रदान गर्दछ । २.५ डी फ्ल्याट फ्रेमको साथ यसमा उत्कृष्ट र मनमोहक देखिने स्लीक लाइनहरू छन् । प्रोफेशनल फोटोग्राफी स्मार्टफोनहरूको विशेषता भएको ‘ट्विन–लेन्स रिफ्लेक्स’ को साथ मोडेल गरिएको डाइनामिक डुअल रिङ डिजाइनले प्रोफेशनल तस्वीरहरु खिच्न मद्दत गर्दछ । 

वाई३६ मा ६.६४ इन्चको डिस्प्ले रहेको छ जसले प्रयोगकर्ताहरूलाई उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्दछ । स्मार्टफोनमा ९१.०६% सम्मको स्क्रिन–टु–बडी अनुपातको साथ डच डिस्प्ले पनि छ ।  वाई३६ को डिजाइनले गोल्डेन रिपल प्रक्रिया समावेश गर्दछ, जसले प्रिमियम क्रिस्टल ग्लासको साथमा पानीको रिप्पल इफेक्ट जस्तै रंगहरूको असंख्य आकर्षणहरू प्रदान गर्दछ । 

वाई३६ मा कर्भड डिजाइनको साहयताले गोलो र नाजुक आकार दिइएको साथै यसमा स्मुद लाइनहरु र आकर्षक एपियरेन्श पनि रहेको छ । यसबाहेक, यसले सहज स्मार्टफोन अन्तरक्रिया सुनिश्चित गर्दछ र यसलाई थप सहज र एर्गोनोमिक बनाउँछ ।

 यसका साथै, मेटालिक ग्रिड ढाँचामा सामान्य कालो रंगमा एक स्पार्कलिङ्ग इिफेक्ट प्रदान गर्दै यसले मिटियर ब्ल्याक टेक्शचरलाई थ्रि डाइमेन्शनल बनाउँछ । 

मिटियर ब्ल्याकको फ्लोराइट एजी ग्लास टेक्नोलोजीले क्रिस्टलको कठोर व्यवस्थापनद्वारा क्लासिक एजी ग्लासका फाइदाहरू, जस्तै स्क्राप प्रतिरोध र फिंगरप्रिन्ट प्रतिरोध जस्ता फाइदाहरू कायम राख्दै क्रिस्टल जस्तो सतह प्रदान गर्न ग्लास मार्फत कलर ट्रान्समिसनलाई बढाउँछ । भिभोले वाई३६ लाई दुई जीवन्त रंगहरू – भाइब्रन्ट गोल्ड र मिटियर ब्ल्याक कलरमा ल्याएको छ ।

भिभो वाई३६ स्मार्टफोनको कार्यसम्पादन र उपयोगितामा उल्लेखनीय सुधार गरिएको कम्पनीको भनाई छ । स्मार्टफोनमा ४४ वाटको फ्ल्यास चार्ज रहेको छ जसबाट प्रयोगकर्ताहरूले छिटो समयमा स्मार्टफोन चार्ज गर्न सक्छन् । यसमा विशाल ५०००एमएएच ब्याट्री पनि छ । यस स्मार्टफोनको ब्याट्रीको आयु बढाउन सुपर चार्ज पम्पसँग इम्बेड भएको २४ डाइमेन्शन सेक्यूरिटी प्रोटेक्शन विस्तार गरिएको छ । उच्च भोल्टेजहरू प्रयोग गरेर, यसले छिटो चार्ज गर्ने समय सक्षम बनाउँछ र भारी चार्जरहरूको निर्भरता कम गर्छ । 

८जीवी प्लस ८जीवी एक्सटेन्डेड र्यामको प्रयोगले यस स्मार्टफेनको कार्यसम्पादन क्षमतामा सुधार गर्छ । सहजताका साथ एपहरू बीच स्विच गर्नदेखि ल्याग–फ्री गेमिङ सत्रहरूको आनन्द लिनसम्म, वाई३६ को शक्तिशाली र्‍यामले स्मार्टफोन प्रयोगको हरेक पक्षमा सहज र इमर्सिभ अनुभव सुनिश्चित गर्दछ । 

वाई सिरिजको नयाँ मोडल वाई३६ मा ५० एमपी को मुख्य क्यामेरा रहेको छ जसले तस्बिरमा उच्च–रिजोल्युसन, विस्तृत तथा यथार्थ रंगहरू प्रदान गर्दछ । २ एमपी बोकेह क्यामेरको साहयताले यसले विशिष्ट म्याक्रो फोटोहरू खिच्दा ब्लर नगरी डिटेल शट निकाल्छ । भिभो वाई३६ मा १६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेरा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप