बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महिलाले विमानको भुईँमा पिसाब फेरिन् : भनिन्, ‘एयरलाइन्सले शौचालय जान दिएन’

आइतबार, ०७ साउन २०८०, १७ : २३
आइतबार, ०७ साउन २०८०

पछिल्ला केही महिनामा, विमान भित्र अभद्र व्यवहारको धेरै खबर आएका छन् । एक व्यक्तिले नजिकैका अर्का यात्रुमाथि पिसाब फेरिदिने, यात्रीलाई विमानस्थलमा नै छोडिदिनेदेखि महिलालाई विमानभित्र बिच्छीले टोक्रेसम्मका केही अनौठा घटनाहरू सार्वजनिक भएका छन् । अब यस्तै अर्को अनौठो घटना ‘भ्यू फ्रम द विङ’को रिपोर्टमा प्रकाशित भएको छ, जसमा एक महिलाले उडानका क्रममा विमानको भुईँमा ‘पिसाब फेर्न बाध्य’ भएको बताएकी छन् । महिलाले एयरलाइन्सका कर्मचारीले उनलाई धेरै घण्टासम्म विमानको शौचालय प्रयोग गर्नबाट रोकेको दाबी गरेकी छिन् । 

spicejetरिपोर्टका अनुसार यो अपमानजनक घटना अमेरिकाको स्पिरिट एयरलाइन्सको उडानमा भएको हो । ती महिलाले दुई घण्टा कुरेको र थप सहन नसकेपछि विमानको भुईँमा नै पिसाब फेरिदिएको बताएकी छिन् । क्याबिन क्रुका एक सदस्यले यसको भिडियो रेकर्ड गरेका छन्  । यो भिडियोको क्याप्सनमा भनिएको छ – 07/20/2023 @SpiritAirlines को उडानमा एक महिलाले विमानको भुईँमा नै पिसाब फेरिदिएकी छिन् । किनभने उडान भरेपछि शौचालयको ढोका खोलिने बेलासम्म उनी प्रतीक्षा गर्न चाहँदैन थिन् ।’ यसैबीच विमानको चालक दलका सदस्यले ती महिलालाई ‘तपाईंको पिसाबबाट दुर्गन्ध आइरहेको छ, पानी पिउनुहोस्’ भनेर सुन्न सकिन्छ ।

spirit1सामाजिक सञ्जालमा शेयर गरिएको छोटो क्लिपमा महिलालाई विमानको भुईँमा बसेर चालक दलका सदस्यहरूसँग बहस गरिरहेको देख्न सकिन्छ । यो भिडियोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले भनेका छन्, ‘यो घृणित छ ।’ अर्का प्रयोगकर्ताले भनेका छन्, ‘यहाँसम्म कि मेरो बिरालो नै सफा–सुग्घर छ । उसलाई शौचालय नलगेसम्म धैर्यताका साथ कुरिरहेको हुन्छ । ’ यस्तै अर्का व्यक्तिले लेखेका छन्, ‘हरेक दिनले सभ्यतागत पतनको एक हिस्सालाई अघि बढाउँछ ।’  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप