सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पदबहाली गर्न काठमाडौँबाट विराटनगर आउँदै हिक्मत कार्की, मुख्यमन्त्री कार्यालयका कर्मचारी अन्योलमा

शुक्रबार, १२ साउन २०८०, ०९ : ४२
शुक्रबार, १२ साउन २०८०

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रबार पदबहाली गर्न काठमाडौँबाट विराटनगर आउँदै छन् । तर मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू भने अन्योलमा परेका छन् ।  कार्कीलाई पदबहाली गर्ने कि उद्धव थापालाई नै गराउने भन्नेबारे अन्यौलता सिर्जना भएको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू बत्ताउँछन् ।

माननीय हिक्मत कार्कीको सचिवालयबाट गाडी एयरपोर्टमा पठाइदिनु भनेर पटक पकट फोन आइरहेको छ, एक कर्मचारीले आफ्नो नाम नभन्ने सर्तमा भने हामी अलमलमा परिरहेका छौँ । प्रमुख सचिव ज्यु छलफलका लागि प्रदेश प्रमुखकहाँ जानु भएको छ । 

प्रदेश प्रमुख कार्यालयका निमित सचिव नरेन्द्र कुमार श्रेष्ठले प्रदेश प्रमुखले तोक्ने प्रचलन रहेको बताए । कार्कीले भने काम चलाऊ आफू भएको दाबी गर्दै आएका छन् । 

साउन १७ गतेसम्मका लागि  कामचलाउ मुख्यमन्त्री को हुने भन्ने विषयले कर्मचारी अन्योलमा छन् । प्रदेश प्रमुख परशुराम खापुङ सत्ता गठबन्धनका हुन् । आजै पदभार ग्रहण गर्न काठमाडौँबाट विराटनगर आएको कार्की मुख्यमन्त्री रहँदा सामाजिक विकास मन्त्री रहेका बुद्धिकुमार राजभण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप