पदबहाली गर्न काठमाडौँबाट विराटनगर आउँदै हिक्मत कार्की, मुख्यमन्त्री कार्यालयका कर्मचारी अन्योलमा
विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रबार पदबहाली गर्न काठमाडौँबाट विराटनगर आउँदै छन् । तर मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू भने अन्योलमा परेका छन् । कार्कीलाई पदबहाली गर्ने कि उद्धव थापालाई नै गराउने भन्नेबारे अन्यौलता सिर्जना भएको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू बत्ताउँछन् ।
माननीय हिक्मत कार्कीको सचिवालयबाट गाडी एयरपोर्टमा पठाइदिनु भनेर पटक पकट फोन आइरहेको छ, एक कर्मचारीले आफ्नो नाम नभन्ने सर्तमा भने हामी अलमलमा परिरहेका छौँ । प्रमुख सचिव ज्यु छलफलका लागि प्रदेश प्रमुखकहाँ जानु भएको छ ।
प्रदेश प्रमुख कार्यालयका निमित सचिव नरेन्द्र कुमार श्रेष्ठले प्रदेश प्रमुखले तोक्ने प्रचलन रहेको बताए । कार्कीले भने काम चलाऊ आफू भएको दाबी गर्दै आएका छन् ।
साउन १७ गतेसम्मका लागि कामचलाउ मुख्यमन्त्री को हुने भन्ने विषयले कर्मचारी अन्योलमा छन् । प्रदेश प्रमुख परशुराम खापुङ सत्ता गठबन्धनका हुन् । आजै पदभार ग्रहण गर्न काठमाडौँबाट विराटनगर आएको कार्की मुख्यमन्त्री रहँदा सामाजिक विकास मन्त्री रहेका बुद्धिकुमार राजभण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण