सुडानमा नेपाली शान्ति सैनिकको मृत्यु
शुक्रबार, १२ साउन २०८०, २० : १३
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यमा दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।
बिहीबार शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फामा कार्यरत अमल्दार राम बहादुर बाँठाको मृत्यु भएको हो ।
जाजरकोटको खलंगा गाउँपालिका ६ घर भएका अमल्दार बाँठा स्थानीय रुम्बेकस्थित गण हेर्डक्वार्टमा झुण्डिएको अवस्थामा शव फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । शव पोष्टमार्टमपछि नेपाल ल्याउने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण