नागरिक उन्मुक्ति र सद्भावनाबीच एकीकरण हुँदै

काठमाडौँ । रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी र रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबीच आइतबार एकीकरण हुने भएको छ । भोलि जनकपुरमा एक कार्यक्रमको आयोजना गरी दुवै पार्टीबीच एकीकरण हुन गइरहेको नेपाल सद्भावन पार्टीका अध्यक्ष रामकुमार महतोले बताए ।
केही दिनदेखि दुई पार्टीको बीचमा पार्टी एकीकरणको विषयमा छलफल चलिरहेको थियो । दुई पक्षबीच सहमति भएपछि एकीकरणको घोषणा गर्न लागिएको उनको भनाई छ । अर्को महाधिवेशनसम्म नागरिक उन्मुक्ति पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, विधानलाई स्वीकार गरेर सद्भावना पार्टीले एकीकरण गर्न लागेको हो ।
एक वर्षपछि एकताको महाधिवेशन गर्ने र त्यसमा छलफल गरेर नाम र पार्टीको झण्डालगायतको विषय टुङ्गो लगाउने दुई पक्षको बीचमा सहमति भएको छ ।
नेपाल सद्भावना पार्टीले तत्काल उपाध्यक्ष, सचिव, सहसचिव एक–एक जना र २१ जना केन्द्रीय सदस्य पाउने छ ।
सद्भावना पार्टीले मधेश प्रदेशको अध्यक्ष पनि पाएको छ भने लुम्बिनी र कोशी प्रदेशमा आपसी सहमतिमा समायोजन गरी प्रदेश समिति बनाउने सहमति भएको बताइएको छ । सद्भावना पार्टीले धनुषा र महोत्तरीको जिल्ला अध्यक्ष पनि पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधिकालागी बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने