नागरिक उन्मुक्ति र सद्भावनाबीच एकीकरण हुँदै
काठमाडौँ । रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी र रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबीच आइतबार एकीकरण हुने भएको छ । भोलि जनकपुरमा एक कार्यक्रमको आयोजना गरी दुवै पार्टीबीच एकीकरण हुन गइरहेको नेपाल सद्भावन पार्टीका अध्यक्ष रामकुमार महतोले बताए ।
केही दिनदेखि दुई पार्टीको बीचमा पार्टी एकीकरणको विषयमा छलफल चलिरहेको थियो । दुई पक्षबीच सहमति भएपछि एकीकरणको घोषणा गर्न लागिएको उनको भनाई छ । अर्को महाधिवेशनसम्म नागरिक उन्मुक्ति पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, विधानलाई स्वीकार गरेर सद्भावना पार्टीले एकीकरण गर्न लागेको हो ।
एक वर्षपछि एकताको महाधिवेशन गर्ने र त्यसमा छलफल गरेर नाम र पार्टीको झण्डालगायतको विषय टुङ्गो लगाउने दुई पक्षको बीचमा सहमति भएको छ ।
नेपाल सद्भावना पार्टीले तत्काल उपाध्यक्ष, सचिव, सहसचिव एक–एक जना र २१ जना केन्द्रीय सदस्य पाउने छ ।
सद्भावना पार्टीले मधेश प्रदेशको अध्यक्ष पनि पाएको छ भने लुम्बिनी र कोशी प्रदेशमा आपसी सहमतिमा समायोजन गरी प्रदेश समिति बनाउने सहमति भएको बताइएको छ । सद्भावना पार्टीले धनुषा र महोत्तरीको जिल्ला अध्यक्ष पनि पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण