आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सांसद शर्मा सम्मानित

आइतबार, १४ साउन २०८०, १९ : ५०
आइतबार, १४ साउन २०८०

काठमाडौँ । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याएबापत प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । माइती नेपालले आइतबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सांसद शर्मालाई सम्मान गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई दोसल्ला र कदरपत्र प्रदान गरी सम्मानित गरे । 

सो अवसरमा मन्त्री आचार्य, माइती नेपालकी अध्यक्ष कोइराला लगायत वक्ताहरूले डा.शर्माले पुर्‍याएको योगदानको चर्चा गर्दै   प्रशंसा गरे । 

मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्मा मेडिकल कलेज व्यवसायी पनि हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप