प्रधानमन्त्री र रास्वपा प्रमुख सचेतक परियारबीच भेट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भेटेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रास्वपा प्रमुख सचेतक परियारबीच भेट भएको हो ।
संसदमा अवरोध, संसदीय समितिका सभापति चयन र सरकारले चालेको भ्रष्टाचार नियन्त्रणका विषयमा छलफल भएको रास्वपा सचेतक परियारले बताए ।
‘प्रधानमन्त्रीज्यूसँग संसदको गतिरोधका विषयमा छलफल भयो । संसदलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्नेमा समझदारी बनाएर जानुपर्यो भन्ने छ’ परियारले भने, ‘मैले हामी संसदलाई गतिशील र प्रभावकारी बनाउनुपर्छ भन्नेमा सहमत छौं । त्यसमा सधैं हाम्रो साथ रहन्छ भन्ने छ ।’
संसदीय समितिको सभापति चयन प्रक्रियालाई छिटो टुंगो लगाउने विषयमा छलफल भएको परियारले बताए । यस्तै सभापति चयन प्रक्रिया ढिला हुँदा संक्रमणकालीन न्याय टुंगो लगाउने नसकेको प्रचण्डले बताएका छन् । प्रधानमन्त्रीले समितिका सभापति चयन प्रक्रिया २/३ दिनमा टुंगो लगाउने बचन दिएको बताए । सरकारले भ्रष्टाचार नियन्त्रणमा कठोर नीति लिएकाले साथ र सहयोग गर्न
प्रचण्डले आग्रह गरेका छन् । ‘सरकार भ्रष्टाचार नियन्त्रणमा कठोर नीति लिएको छ । यो कसैको दवाव वा प्रभावमा रोकिँदैन यसमा तपाईहरुको साथ सहयोग हुनुपर्यो’ प्रधानमन्त्रीको भनाई उदृढ गर्दै परियारले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण