शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बालकोटमा ओली र नायिका रीमाबीच भेट, टेबुल टेनिस खेलेर रमाइलो !

शुक्रबार, १९ साउन २०८०, १५ : ०७
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । अभिनेत्री रीमा विश्वकर्माले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । बिहिबार उनले बालकोटस्थित निवासमै पुगेर ओलीसँग भेट गरेकी हुन् । 

रीमाले सामाजिक सञ्जाल मार्फत ओलीसँग जानकारी दिँदै उनको व्यक्तित्वबाट आफू प्रभावित भएको बताएकी छन् ।

विश्वकर्माले ओलीसँगको भेटका केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसमा उनको ओलीसँग चिया गफ भएकोदेखि टेबुल टेनिस खेलेर रमाइलो गरेको समेत देखिन्छ ।

ओलीसँग भेटको तस्बिरका साथ उनले लेखेकी छन्, ‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रै'छ । नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला । तर व्यक्ति ‘केपी बा’ चै वास्तवमै प्रभावशाली लाग्यो । परिवर्तन रुचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसाथ गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला ।’

ओलीले पनि विश्वकर्मासँगको भेटको तस्बिर सार्वजनिक  गर्दै लेखेका छन्, ‘कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्बिरसँगै सबैलाई नमस्कार, शुभ बिहानी । तपाईँहरू पनि चियाको आनन्द लिनुस् है । गुड फ्राइडे ।’ भेटका क्रममा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप