बालकोटमा ओली र नायिका रीमाबीच भेट, टेबुल टेनिस खेलेर रमाइलो !
काठमाडौँ । अभिनेत्री रीमा विश्वकर्माले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । बिहिबार उनले बालकोटस्थित निवासमै पुगेर ओलीसँग भेट गरेकी हुन् ।
रीमाले सामाजिक सञ्जाल मार्फत ओलीसँग जानकारी दिँदै उनको व्यक्तित्वबाट आफू प्रभावित भएको बताएकी छन् ।
विश्वकर्माले ओलीसँगको भेटका केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसमा उनको ओलीसँग चिया गफ भएकोदेखि टेबुल टेनिस खेलेर रमाइलो गरेको समेत देखिन्छ ।
ओलीसँग भेटको तस्बिरका साथ उनले लेखेकी छन्, ‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रै'छ । नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला । तर व्यक्ति ‘केपी बा’ चै वास्तवमै प्रभावशाली लाग्यो । परिवर्तन रुचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसाथ गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला ।’
ओलीले पनि विश्वकर्मासँगको भेटको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्बिरसँगै सबैलाई नमस्कार, शुभ बिहानी । तपाईँहरू पनि चियाको आनन्द लिनुस् है । गुड फ्राइडे ।’ भेटका क्रममा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण