ट्रम्पका समर्थक थिए जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने रोबर्टसन
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिएका वृद्ध ट्रम्पका समर्थक थिए । उनले आफूलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर समर्थकको रूपमा बताएका थिए । उनी बुधवार बिहान एफबीआईको कारवाहीमा मारिएका छन् ।
आरोपित ती व्यक्ति अमेरिकाका युटाका बासिन्दा थिए । बाइडेन युटा भ्रमणमा जानुभन्दा केही घण्टा अघि एफबीआईले अभियुक्तको घरमा छापा मारेको थियो । सुरक्षा निकायको कारबाहीमा उनी मारिएको बताइएको छ ।
एफबीआईले अभियुक्तको मृत्यु भएको पुष्टि गरेको छ । एफबीआईले आफ्ना विशेष एजेन्टहरूले अभियुक्तलाई पक्राउ गर्ने प्रयास गरेको तर अभियुक्तको आक्रामक व्यवहारका कारण कारवाहीमा मारिएको बताएको छ ।
सुरक्षा एजेन्सीले अभियुक्तको पहिचान खुलाएको छैन तर मिडिया रिपोर्टका अनुसार युटाको सङ्घीय अभियोजकले दायर गरेको उजुरीमा आरोपीको नाम क्रेग रोबर्टसन रहेको छ ।
अभियुक्तले म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन ब्राग, उपाध्यक्ष कमला ह्यारिस र अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डलाई पनि धम्की दिएका थिए । उनीहरू डोनाल्ड ट्रम्पविरुद्ध आरोप लगाउने कार्यमा संलग्न थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण