मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पका समर्थक थिए जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने रोबर्टसन

बिहीबार, २५ साउन २०८०, ११ : ०७
बिहीबार, २५ साउन २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिएका वृद्ध ट्रम्पका समर्थक थिए । उनले आफूलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर समर्थकको रूपमा बताएका थिए । उनी बुधवार बिहान एफबीआईको कारवाहीमा मारिएका छन् ।

आरोपित ती व्यक्ति अमेरिकाका युटाका बासिन्दा थिए । बाइडेन युटा भ्रमणमा जानुभन्दा केही घण्टा अघि एफबीआईले अभियुक्तको घरमा छापा मारेको थियो । सुरक्षा निकायको कारबाहीमा उनी मारिएको बताइएको छ ।

एफबीआईले अभियुक्तको मृत्यु भएको पुष्टि गरेको छ । एफबीआईले आफ्ना विशेष एजेन्टहरूले अभियुक्तलाई पक्राउ गर्ने प्रयास गरेको तर अभियुक्तको आक्रामक व्यवहारका कारण कारवाहीमा मारिएको बताएको छ । 

सुरक्षा एजेन्सीले अभियुक्तको पहिचान खुलाएको छैन तर मिडिया रिपोर्टका अनुसार युटाको सङ्घीय अभियोजकले दायर गरेको उजुरीमा आरोपीको नाम क्रेग रोबर्टसन रहेको छ ।  

अभियुक्तले म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन ब्राग, उपाध्यक्ष कमला ह्यारिस र अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डलाई पनि धम्की दिएका थिए । उनीहरू डोनाल्ड ट्रम्पविरुद्ध आरोप लगाउने कार्यमा संलग्न थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप