मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई सुवास नेम्वाङको व्यङ्ग्य : नाम बिर्सेँ, अनुहार झलझल्ती सम्झन्छु

बिहीबार, २५ साउन २०८०, २० : ३२
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले सबै जातजाति र धर्मावलम्बीहरूको अधिकारको सम्मानमा कुनै सर्तबन्दी नगर्ने बताएका छन् ।  

२९ औँ विश्व आदिवासी दिवसका अवसरमा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले बिहीबार च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले देशका विविध धर्म,जाती र भाषाका पक्षमा दृढतापूर्वक एमाले उभिँदै आएको  र आगामी दिनमा पनि उभिने बताए ।

 नेता नेम्वाङले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै व्यङ्ग्य पनि गरे । उनले भने, ‘म नाम अलि बिर्सन्छु । हिजोअस्ति भर्खरै कोशी प्रदेशको सन्दर्भलाई लिएर होला एक जना मित्रले भन्नुभयो । अर्को पटक २०८४ मा हामीलाई भोट हालेर जिताउनुभयो भने म यो कोशी प्रदेशको नामै फेर्दिन्छु ।’

उनले त्यसो भन्ने मान्छेको नाम बिर्सेपनि अनुहार झलझल्ती याद आइरहेको बताए । ‘उहाँले यसो भनेको मलाई कताकति पढेको जस्तो लाग्यो । झलझली अनुहार याद छ तर नाम बिर्सेँ’, नेम्वाङको भनाइ छ । 

दुई दिन अघि प्रधानमन्त्री प्रचण्डले विश्व आदिवासी दिवसकै अवसरमा काठमाडौमा भएको एक कार्यक्रममा कोशी प्रदेश नामकरण र भइरहेको विरोधलाई लक्षित गर्दै आउने चुनावमा आफ्नो पार्टीलाई जिताए कोशीको नाम फेरिदिने बताएका थिए । 

नेम्वाङले  नेकपा एमाले त्यसरी सर्तबन्दी नगर्ने पनि बताए । ‘यो देशमा साँच्चै धर्म निरपेक्ष भएको अनुभूत गर्न राज्यले नै सबै धर्मावलम्बीहरूको चाडपर्व मनाइदिँदा कस्तो होला ?’, नेम्वाङको भनाइ छ । उनले नेपाल विभिन्न जातजातिको साझा फूलबारी भएको भन्दै सोही अनुसार पछिल्लो पटक संविधान समेत सबैको अधिकार सुनिश्चित गर्ने गरी निर्माण गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप