डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली !
काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका प्रतिनिधिसभा सदस्य डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बेलबारी–९ मोरङ स्थायी ठेगाना भएका उनले भारतबाट कक्षा १२ उत्तीर्ण भनि ल्याएको शैक्षिक प्रमाणपत्र नक्कली पाइएको सीआईबीले जनाएको छ । सोही प्रमाणपत्रका आधारमा उनले त्यसपछिको अध्ययन गरेको सीआईबीको दाबी छ।
सीआईबीले गरेको लामो अनुसन्धानपछि उनको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको पाइएको थियो । त्यसपछि प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो । सीआईबीको अनुसन्धानका क्रममा भारतबाट उनले लिएको प्रमाणपत्र नक्कली भएको जवाफ प्राप्त भएसँगै कीर्ते प्रकरण पुष्टि भएको थियो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले सांसद शर्मालाई कीर्ते अभियोगमा पक्राउ गरिएको पुष्टि गरे ।
सीआईबीको टोलीले उनलाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीसहित ५ जनालाई पक्राउ गरेको सीआईबीले सबै कीर्ते अभियोगमै मुछिएका व्यक्तिहरु भएको जनाएको छ । त्यसमध्ये पक्राउ परेका अर्का व्यक्ति हुन् पिपरा–८ महोत्तरी घर भएका डा रञ्जित कुमार यादव । उनको पनि १२ कक्षाको सर्टिफिकेट नक्क्लली र भारतीय भएको खुलेको प्रहरीको भनाइ छ ।
सोही प्रकरणमा पक्राउ पर्ने अन्यमा डा रामबाबु यादव, डा एरिना यादव र डा अमृत चौधरी र रहेका छन् ।
पक्राउ परेकाहरुलाई लाजिम्पाटस्थित नेपाल ट्रस्ट रहेको भवनमा राखिएको छ । सीआईबीको कार्यालय महाराजगन्जमा भएपनि सीआईबीले भाडामा लिएर सो स्थानबाट पनि कार्य गर्दै आएको छ ।
यसैबीच सीआईबीले संसद् सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराएको छ । सीआईबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर संसद् सचिवालय सिंहदरबार पुगेका हुन् ।
सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सीआईबीले जानकारी गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण