आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेटवर्किङ आरोपमा तीन कम्पनीमा इटहरी उपमहानगरले लगायो ताला

शुक्रबार, २६ साउन २०८०, ०६ : ५७
शुक्रबार, २६ साउन २०८०

इटहरी । इटहरीमा अबैध रुपमा नेटवर्किङ धन्दा चलाउने इटहरीका ३ वटा कम्पनीमा इटहरी उपमहानगरपालिकाले ताला लगाएको छ । इटहरीलाई केन्द्रबिन्दु बनाएर अबैध रुपमा  सन्चालनमा ल्याएको कम्पनीहरुमा उपमहानगरले अनुगमनको क्रममा ताला लगाएको हो । 

इटहरीका मेयर हेमकर्ण पौडेलले अबैध रुपमा नेटवर्किङ धन्दा गर्दै सर्वसाधरणलाई ठगी गर्ने गरेको भन्दै कम्पनीमा ताला लगाएर कम्पनीका सन्चालकलाई तीन दिनभित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको बताए । नेटवर्किङको नाममा ठगी धन्दा सुरु भएको भन्दै उजुरी परेको कारण अहिले उपमहानगरले अभियानकै रुपमा अनुगमन गरिरहेको छ ।

इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र   रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो ।  ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरुले गरिरहेको पाइएको छ । 

कम्पनीहरुले इजाजत एउटाको लिने काम अर्कै गर्ने गरेको पाइएको अनुगमन समितिकी संयोजक उपमेयर संगिता चौधरीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप