पहिलो पटक मन्त्री भएका मोदी ६ महिना २६ दिनमै आउट

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी मन्त्री नियुक्त भएको ६ महिना २६ दिनमै पदमुक्त हुने भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्ड आफैले मोदीलाई सरकारबाट फिर्ता बोलाउने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावलाई पदाधिकारी बैठकले अनुमोदन गरेको हो ।
उनको ठाउँमा जनमत पार्टीकी सांसद अनिताकुमारी साहलाई मन्त्री बनाउने तयारी भएको छ । साहलाई सोमबार बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण गराइने राष्ट्रपति कार्यालयको तयारी छ ।
३ माघ, २०७९ मा पहिलो पटक शक्तिशाली मन्त्री नियुक्त भएका मोदी ७ महिना नपुग्दै सत्ता सन्तुलनको कोपभाजनमा परेका हुन् ।
गत मंसिरमा भएको निर्वाचनमा ३० हजार ६१२ मतका साथ एमालेका उम्मेदवार विनोद ढकाललाई उनले पराजित गरेका थिए । उनका प्रतिस्पर्धी ढकालले २४ हजार ४६३ मत मात्रै ल्याएका थिए ।
त्यसअघि २०७४ को संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. ४ बाट कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गरी चर्चामा आएका थिए मोदी ।
आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गर्दै प्रत्यक्ष निर्वाचनको विजयी यात्रा तय गरेका थिए । मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका आचार्यले २६ हजार ८ सय मत पाएका थिए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा मोदी समानुपातिक सांसद थिए । कोशी प्रदेशमा प्रत्यक्ष निर्वाचन जित्नेमा मोदीसहित भोजपुरबाट सुदन किराँती र खोटाङबाट रामकुमार राई रहेका छन् ।
२०४२ असोज ५ गते जन्मेका मोदी २०५६ सालदेखि राजनीति सुरु गरेका थिए । उनी अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बने । अहिले उनी केन्द्रीय कमिटी सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना