सिन्धुलीका पहिरो प्रभावित परिवारलाई सरकारले सात लाख दिने
आइतबार, २८ साउन २०८०, २० : ५३
सिन्धुली । सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नं.१ ककरेका पहिरो प्रभावित परिवारलाई सरकारले ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रभावित परिवारलाई आइतबार घरमै पुगेर भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रभावित परिवारलाई केही दिनभित्र प्रदेश सरकारको तर्फबाट २ लाख रुपैयाँ र संघीय सरकारको तर्फबाट ५ लाख रुपैयाँ गरी जम्मा ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गरेका हुन् ।
यही साउन २२ गते राति मकवानपुर जिल्ला, बागमती गाउँपालिका वडा नं। ५ सिक्रे दोभानको पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो भने दुई जना अझै बेपत्ता रहेका छन् । पहिरोमा परी २३ वर्षीय शीला स्याङ्तान र ७ महिने शिशु दिव्या पहरीको मृत्यु भएको थियो । २६ वर्षीय जीवन पहरी र ३ वर्षे देव पहरी अझै बेपत्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण