आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बराबरीमा रोकिए चेल्सी र लिभरपुल

सोमबार, २९ साउन २०८०, ०६ : ३१
सोमबार, २९ साउन २०८०

लण्डन । प्रिमियर लिगको नयाँ सिजनमा चेल्सी र लिभरपुलबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । आइतबार साँझ भएको खेल १–१ को बराबरीमा टुङ्गिएपछि दुवै टोलीले अङ्क बाँड्न बाध्य बनेका हुन् ।

खेलको सुरुवातमा नियन्त्रण बनाएको लिभरपुलका लागि मोहमद शालाहको प्रहार पोस्टमा लागेको थियो । त्यसपछि उनैको पासमा लुइस डियाजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

नयाँ म्यानेजर माउरिसियो पोचेटिन्होको नेतृत्वमा पहिलोपटक प्रिमियर लिग खेलिरहेको चेल्सी त्यसपछि भने खेलमा फर्कियो ।  खेलको ३७ औँ मिनेटमा नयाँ खेलाडी एक्सल डिसासीले गोल गर्दै खेल बराबरी गरे ।

दुवै टोलीले त्यसपछि पनि गोलका लागि थुप्रै अवसरहरू सिर्जना गरे पनि विजयी गोल भने गर्न सकेनन् । लिभरपुलका गोलकिपर एलिसनले बेन चिलवेल र निकोलस ज्याकसनको प्रहार रोकेका थिए । 

आइतबार नै भएको अन्य खेलमा टोटनह्याम हटस्पर्स ब्रेन्टफोर्डसँग २–२ को बराबरीमा रोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप