आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अरिङ्गालले टोक्दा गुल्मीमा एक युवाको मृत्यु

मङ्गलबार, ३० साउन २०८०, ११ : ४४
मङ्गलबार, ३० साउन २०८०

गुल्मी । अरिङ्गालले टोक्दा गुल्मीमा  एक युवाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ कालढुङ्गाका २१ वर्षका  शैलेस सिंह ठकुरीको अरिङ्गालले टोक्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले  मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको देविस्थान सामुदायिक जङ्गलमा अरिङ्गाल पोल्न गएका ठकुरीलाई हिजो साँझ अरिङ्गालले टोक्दा घाइते भएको थिए।

आज  बिहान उपचारको लागि  सदरमुकामस्थित तम्घास  अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप