उपप्रधानमन्त्री श्रेष्ठद्वारा तेक्वान्दो टोलीलाई शुभकामना
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वल्र्ड तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना दिएका छन् ।
आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आगामी भदौ १ देखि १० गतेसम्म काजकिस्तानको अस्तानामा हुने प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई शुभकामना दिएका हुन् ।
उक्त प्रतियोगितामा विभिन्न तौल समूहमा चार खेलाडी सहभागी हुँदैछन् । ९३ देशका नौ सय बढी खेलाडी उक्त प्रतियोगितामा सहभागी हुने बताइएको छ । प्रतियोगितामा रुविका खड्का (तौल समूह ४७), सुस्मिता थापा (५२), पुकार केसी (६४) र अजय बुढामगर (तौल समूह ७०) मा सहभागी हुँदैछन् । नेपाली टोलीमा अम्पायर अन्जन धमला, कोच रुपसिंह मोक्तान तथा अफिसियल धनबहादुर थापा र विक्रम बुढामगर सहभागी हुने बताइएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले खेलाडी राष्ट्रको गौरव भएको र खेलकुद क्षेत्रले राष्ट्रिय एकताको सन्देश दिने बताए । सरकारले आवश्यक नीति र योजना बनाएर खेल क्षेत्रलाई विशेष प्राथमिकता दिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण