आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानकी पूर्व मन्त्रीले ट्विट गर्दै भनिन्, ‘राती प्रहरीले ढोका फोडेर छोरीलाई उठाएर लगे’

आइतबार, ०३ भदौ २०८०, ०९ : ५६
आइतबार, ०३ भदौ २०८०

पाकिस्तान तहरिक–ए–इंसाफ पार्टीकी पूर्व नेता शिरिन मजारीले राती उनकी छोरीको अपहरण गरेको बताएकी छिन् । शिरिनले राती सादा पोसाक लगाएका प्रहरीले छोरीको अपहरण गरेको बताइन् ।

उनले ट्विट गर्दै भनिन्, ‘महिला प्रहरी र केही सादा पोसाक लगाएका मानिसले हाम्रो घरको ढोका फोडेर छोरीलाई उठाएर लगे । उनीहरुले हाम्रो सुरक्षा क्यामरा, ल्यापटप र उनको फोन खोसे । हामीले उनीहरूलाई किन आयौ भनेर सोध्दा उनीहरुले इमानलाई बाहिर ताने ।’

मजारीले थपिन्, ‘उनीहरुले हाम्रो पूरा घरको खानतलासी गरे । मेरी छोरी रातीको कपडामा थिइन् । उनीहरुले कपडा फेर्नका लागि भने तर उनीहरुले उनलाई तानेर लिएर गए । उनीहरूसँग कुनै पुर्जी थिएन न कुनै प्रकारको कानुनी प्रक्रियाको पालना गरियो । यो सरकारको तानाशाही हो । स्मरण रहोस्, हामी घरमा दुई महिला बस्छौँ । यो एक प्रकारको अपहरण हो ।’

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि ९ मेमा हिंसा भड्किएको थियो । यो हिंसापछि शिरिन मजारीले पार्टी र राजनीति छोडेकी थिइन् । हिंसापछि उनीहरूलाई धेरै पटक पक्राउ गरिसकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप