सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ गर्ने निर्णय

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ हुने भएको छ । आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान साढे ११ बजे श्रेष्ठमाथि संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।
त्यसअघि बिहान साढे १० बजे उजुरीकर्ताहरूसँग छलफल गर्ने निर्णय भएको सुनुवाइ समिति सदस्य ईश्वरी घर्तीमगरले रातोपाटीलाई जानकारी दिइन् । गत साउन २३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय राखेर श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो ।
गत साउन १८ गते संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको थियो । न्यायपरिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसमा श्रेष्ठको नाम पहिलो नम्बरमा रहेको थियो । संसदीय समितिबाट अनुमोदन भएमा उनले १४ महिना सर्वोच्चको नेतृत्व गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न