सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता, संसद्को अवरोध हटाउने विषयमा छलफल

आइतबार, ०३ भदौ २०८०, १८ : २२
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । 

उनीहरुबीच आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो । 

भेटमा संसद्को अवरोध हटाउने विषयमा छलफल भएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । यस्तै भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जनाइएको छ । 

 सिग्देलका अनुसार देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने र जनतालाई न्यायको अनुभूति दिलाउन चाल्नुपर्ने आवश्यक कदमका विषयमा उनीहरुबीच छलफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप