उपसभामुख काठमाडौँ हिँडेपछि कोशी प्रदेशसभा बैठक अनिश्चित
काठमाडौँ । ‘अचानक बिरामी’ परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौँ हिँडेपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । सभा बैठकबारे निर्णय गर्न सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक १ बजे बस्ने गरी बोलाइएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक पुनः बसेर सहमतिका लागि प्रयास गरिने बताए ।
यता, नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्र आङ्बोले संसद् बैठक स्थगित हुन सक्ने बताए । विश्वासको मत लिने दिन नेकपा एमालेले उपसभामुख दनुवारलाई अनुपस्थित गराउने आशङ्काबी उपसभामुख बिरामी परेको भन्दै उपचारका लागि काठमाडौँ हिँडेकी छन् । बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी छन् ।
दनुवारले आफ्नो अनुपस्थितिमा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन २०७५) को नियम ११ को उपनियम (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न यस अघि नै सभामुखबाट मनोनीत चार जना सदस्यमध्ये नेपाली कांग्रेसका इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण