शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

योगी आदित्यनाथको खुट्टा छोएको भन्दै विवादमा तानिएपछि रजनीकान्तले दिए जवाफ

मङ्गलबार, ०५ भदौ २०८०, ११ : ३५
मङ्गलबार, ०५ भदौ २०८०

पछिल्लो केही दिनदेखि अभिनेता रजनीकान्त निकै चर्चामा छन् । अभिनेता आफ्नो फिल्म जेलरको प्रमोसनका क्रममा लखनउ पुगेका थिए त्यहाँ उनले योगी आदित्यनाथलाई भेटे र उनको खुट्टा छोए । यो कुरा सोसल मिडिया प्रयोगकर्तालाई मन परेन र उनलाई भन्न सम्म भने । अब रजनीकान्तले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । 

रजनीकान्तको प्रतिक्रिया

खासमा रजनीकान्त र आदित्यनाथ योगी बीचको उमेर अन्तर देखाउँदै सोसल मिडिया प्रयोगकर्ताले उनलाई ट्रोल गरेका हुन् । अब रजनीकान्तले यसबारे प्रतिक्रिया दिएका छन् । चेन्नई विमानस्थलमा भेटिएका रजनीकान्तलाई पत्रकारले यसबारे प्रश्न सोध्दा उनले जवाफ दिँदै भने, ‘मेरो यस्तै बानी छ । सन्न्यासी हुन् वा योगी, उनीहरू मभन्दा कान्छो भए पनि मैले उनीहरूको खुट्टा छुन्छु । मेरो बानी यही हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप