डाक्टरले नवजात शिशु १० लाखमा बेचेको आशंका
विराटनगर । अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै विक्री भएको तथ्य खुलेको छ । यसअघि आफूले जन्माएको शिशु हराएको भन्दै एक युवतीले मोरङ प्रहरीमा उजुरी दिएकी थिइन् ।
युवतीको उजुरीका आधारमा मोरङ विराटनगरमा रहेको ग्रिनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र अविवाहित युवतीका प्रेमी गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै डाक्टर कर्ण बिरामी भएर अस्पताल भर्ना भएका थिए । उनी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसलगत्तै प्रहरीले लिएको बयान र अनुसन्धानले उक्त शिशु ८ देखि १० लाखमा विक्री भएको अनुमान गरेको छ । उनले विक्री गरेको भने पुष्टि भएको प्रहरीको भनाइ छ ।
डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीलाई शिशु बेचेका थिए । डाक्टर कर्णले ८ देखि १० लाख रुपैयाँ लिएर शिशु बेचेको प्रहरीले अनुमान गरेको छ । ‘कतिमा बेचेको हो । त्यो विषयमा खुलाउने प्रयास भइरहेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन दाहालले भने ।
पक्राउ परेका कर्ण र भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ गत आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई गत असार १३ गते विराटनगर लिएर आएका थिए । सुरुमा विराटनगरको दिपेश मेडिकल क्लिनिकमा युवतीलाई लिएर गोविन्द पुगेका थिए । उक्त क्लिनिक पनि डाक्टर कर्णको हो । त्यसपछि उनै डाक्टर कर्णले ग्रीनक्रस अस्पताल भर्ना गर्न लगाएका थिए । त्यसपछि युवतीले हस्पिटलमै नर्मल डेलिभरीमार्फत छोरी जन्माएकी थिइन् ।
कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण