बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’

बिहीबार, ०७ भदौ २०८०, १२ : ५१
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । फोन पेले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको  घोषणा गरेको छ । यसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको कम्पनीले जनाएको छ । 

‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो  मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको कम्पनीको भनाई छ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो ।

यसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरजस्ता तरिकाहरू रहेका छन् । भाद्र महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे  डिरेक्ट  सुविधा प्रयोग गर्नुपर्ने शर्त लागु गरिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आईफोन १४ प्रोको मेगा उपहारबाट पुरस्कृत गरिने छ । अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रूपमा अन्य उपहारद्वारा गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप