बागमती प्रदेशमा बढ्यो सार्वजनिक सवारीकाे भाडादर, कहाँ कति ?
बिहीबार, ०७ भदौ २०८०, १९ : ०७
काठमाडौँ । इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको भदौ ४ गतेको मन्त्रीस्तरीय निर्णयले भाडादर समायोजन गरेको हो । समायोजन भएको भाडादर बिहीबारदेखि लागु हुने राजपत्रमा प्रशासित सूचनामा उल्लेख छ ।
वृद्धि भएको भाडादर अनुसार काठमाडौँ उपत्यकामा ० देखि ५ किमिसम्म १९ रुपैयाँ बनाएको छ । यसअघि १८ रुपैयाँ कायम थियो । १० किमिसम्म २४ रुपैयाँबाट बढाएर २६ रुपैयाँ कायम गरेको छ । १५ किमिसम्म २९ रुपैयाँबाट ३१ रुपैयाँ बनाएको छ । २० किमिसम्म ३२ रुपैयाँबाट ३५ रुपैयाँ बनाएको छ । त्यस्तै २० किमिभन्दा माथि ३७ रुपैयाँबाट ४० रुपैयाँ बनाएको छ । यसैगरी उपत्यकाभन्दा बाहिर सञ्चालन हुने सवारी साधनमा ५.३१ प्रतिशत भाडा वृद्धि गरी साविक भाडादर समायोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण