बेलिङह्यामको निर्णायक गोलमा रियल विजयी

मड्रिड । इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्यामको निर्णायक गोलको मद्दतले रियल मड्रिडले स्पेनिस ला लिगामा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ । शुक्रबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई १–० गोलले हराएको हो ।
खेलको ८१ औँ मिनेटमा बेलिङह्यामले जोसेलुको पासमा गरेको गोल खेलमा निर्णायक बनेको थियो । पछिल्ला तीन खेलमा उनको यो चौथो गोल पनि हो ।
सेल्टाले खेलको सुरुवातमा नै अग्रता बनाउने अवसर पाएको थियो । तर, जोर्गन स्ट्रान्ड लार्सनको गोललाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेका थिए । दोस्रो हाफमा रियलले पेनाल्टीबाट अग्रता लिने अवसर पाएको थियो । तर, रोड्रिगोको प्रहार सेल्टाका गोलकिपर इभान भिलारले रोकेका थिए ।
खेलमा रियलले फरवार्ड भिनिसियस जुनियरलाई घाइते हुँदै खेलको सुरुवातमा नै गुमाएको थियो । संघर्षपूर्ण जीतसँगै रियलले ३ खेलबाट ९ अंक बटुल्दै लिगको शीर्ष स्थानमा कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
-
माओवादी जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
-
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिइन्
-
‘आ बाट आमा’मा मुख्य भूमिकामा देखिँदै अभिनेत्री बिपना