सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तौल घटाउन दैनिक दालचिनी, जिरा र धनियाँको पानी पिउनुहोस्, कसरी बनाउने ?

शनिबार, ०९ भदौ २०८०, १४ : ४५
शनिबार, ०९ भदौ २०८०

मोटोपन आजकल धेरै सामान्य समस्या भएको छ । खराब खानपान, व्यायामको कमी र तनावका कारण अधिकांश मानिसहरू मोटोपनाको सामना गरिरहेका छन् । मोटोपनले धेरै स्वास्थ्य समस्या निम्त्याउँछ । मोटोपना मधुमेह र उच्च रक्तचापको प्रमुख कारण हुन सक्छ । त्यसैले जसको तौल बढी छ, उनीहरू आफ्नो तौल घटाउन हर सम्भव प्रयास गरिरहन्छन् । 

तपाईं पनि मोटोपनाबाट हैरान हुनुहुन्छ यो घटाउन चाहनुहुन्छ भने दालचिनी, जिरा र धनियाँको पानी सेवन गर्न सक्नुहुन्छ । दालचिनी, जिरा र धनियाँको पानी नियमित पिउनाले धेरै स्वास्थ्य समस्या निको पनि हुन्छन् । यस्तो पानी पिउनाले क्यालोरी र फ्याट पनि बर्न हुन्छ, जसले बिस्तारै तौल घटाउन थाल्छ ।

तौल घटाउन दालचिनी, जिरा र धनियाँको पानी कसरी फाइदाजनक छ ?

– दालचिनीमा एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुण पाइन्छन्, जसले तौल घटाउन मद्दत गर्छ । दालचिनीले इन्सुलिनको उत्पादनमा सुधार गरेर रगतमा चिनीको मात्रा कम गर्न मद्दत गर्छ । अर्थात् मधुमेहका बिरामीको तौल घटाउन पनि दालचिनी फाइदाजनक हुन्छ ।

– जिरामा प्रशस्त मात्रामा पोषक तत्त्व पाइन्छन् । दालचिनी जस्तै जिराले पनि तौल घटाउन मद्दत गर्छ । वास्तवमा, जिराले पाचन सुधार गर्छ, जसका कारण खाना राम्रोसँग पच्छ र तौल नियन्त्रणमा रहन्छ । साथै, जिराले मेटाबोलिजम पनि बढाउँछ । यसले शरीरमा कार्बोहाइड्रेटलाई ऊर्जामा रूपान्तरण गर्न र तौल घटाउन मद्दत गर्छ । जिराले अपच सम्बन्धी समस्यालाई पनि हटाउन मद्दत गर्छ । यसका साथै जिराको पानी पिउँदा भोकलाई नियन्त्रण हुन्छ जसले तौल घटाउन मद्दत गर्छ ।

– धनियाँको कुरा गर्ने हो भने यसको पानी पनि तौल घटाउनका लागि फाइदाजनक छ । धनियाँको पानी पिउँदा पाचन क्रियामा सुधार हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । धनियाँको पानीले पेटको ग्यास र अपच निको पार्न पनि मद्दत गर्छ ।

हुन त कतिले दालचिनी, जिरा वा धनियाँको पानी छुट्टाछुट्टै पिउनु भएको होला तर तपाईंले एकसाथ यी तत्त्वको गुण पाउनका लागि सबै सँगै मिसाएर पिउन पनि सक्नुहुन्छ । यसले तौल कम गर्न निकै सहयोग गर्छ । 

weight-lossदालचिनी, जिरा र धनियाँको पानी कसरी बनाउने ?

– यसलाई बनाउनको लागि एक गिलास पानीमा दालचिनीको टुक्रा, जिरा र धनियाँ हाल्नुहोस् ।

– यी सबैलाई रातभर पानीमा भिज्न दिनुहोस् ।

– यस पानीलाई बिहान उमाल्नुहोस्, त्यसपछि छानेर पिउनुहोस् ।

– यो पानी हरेक बिहान खाली पेटमा पिउन सक्नुहुन्छ ।

– यो पानी खाली पेटमा पिउनाले तौल घटाउन धेरै मद्दत गर्छ ।

यो पानी दैनिक पिउनाले क्यालोरी र बोसो बर्न हुन्छ । तर यो पानी पिएर मात्रै तौल भने नियन्त्रण हुँदैन, यसका लागि तपाईंले आफ्नो खानपिन र व्यायाममा पनि पूर्ण ध्यान दिनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप