संसदीय समिति सभापतिका लागि राप्रपाले खोज्यो भाग : सत्तारुढ दलसँग छलफल गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समिति सभापतिका लागि सत्तारुढ दलसँग छलफल गर्न नेता बुद्धिमान तामाङलाई जिम्मेवारी दिएको छ । शनिवार दिउँसो सिंहदरबारमा बसेको राप्रपाको संसदीय दलको बैठकले आइतबार हुने समिति सभापति चयन प्रक्रियामा उम्मेदवारी दिने वा नदिनेबारे केही निर्णय नगरी सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेको धारणा बुझ्नेगरी बैठक स्थगित गरेको छ ।
बैठकमा १० वटा विषयगत समितिमध्ये कम्तिमा एउटा मात्रै भएपनि समिति सभापति पाउनुपर्नेमा छलफल भएको छ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेले यसअघि नै संसदीय समिति सभापति भागबण्डा गरेकाले राप्रपाले ती दलसँग सभापति पाउनका लागि छलफल गर्न लागेको हो । त्यसका लागि सांसद तामाङलाई जिम्मेवारी दिइएको हो ।
सत्तारुढ दल र एमालेको धारणा बुझेपछि मात्रै समितिको सभापति चयनको प्रक्रियामा उम्मेदवार खडा गर्ने वा नगर्नेबारे निर्णय गर्ने राप्रपाको तयारी छ ।
बैठकपछि राप्रपा सांसद ध्रुवबहादुर प्रधानले रातोपाटीसँग कुरा गर्दै भने– ‘हामी भन्दा साना दलले पनि संसदीय समितिको सभापति पाउने कुरा छ । पार्टीको पोजिसनको हिसाबले पनि हामीले कम्तिमा पनि एउटा समितिको सभापति पाउनुपर्ने हो ।’
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच संसदीय समिति सभापतिको भागबण्डा हुँदा नेपाली कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने, एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले एक–एक समितिको सभापति पाउने यसअघि नै सहमति भइसकेको छ ।
त्यसमा राप्रपाले पनि भाग भाग खोजेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले भने सभापति निर्वाचन प्रक्रियामा उम्मेदवार खडा गर्ने निर्णय गरिसकेको छ । आइतबार दिउँसो १ बजे संसदीय समितिहरुमा सभापति चयनको कार्यक्रम राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?
-
परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छ : डा.प्रकाशशरण महत
-
बागमतीमा धमाधम बजेट निर्माण, कुन मन्त्रालयलाई कति सिलिङ ?
-
थाइल्यान्ड जानुअघि प्रचण्डलाई देउवाको फोन
-
पहलगाम हमला : भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू समस्यामा, चलचित्र संघको प्रतिबन्ध
-
चार दिन लगातार घटेको नेप्सेमा सामान्य सुधार, ७ अर्ब बढीको कारोबार